सिद्धार्थ गौतम साकोस पोखराले गर्यो कोरोना बिमा

0
1011

पोखरा । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराले आफ्नो स्थापनाको सातौ बर्षको अबसर पारेर कोरोना बिमा गरेको छ। बुधबार सहकारीको संचालक समिति, लेखा समिति र सम्पुर्ण कर्मचारीको कोभिड-१९ बाट हुन सक्ने आर्थिक क्षती न्यूनीकरण गर्न शिखर इन्स्योरेन्स पोखरा शाखा मार्फत बिमा गरिएको अध्यक्ष खेम बहादुर गुरुङले जानकारी दिए ।

पिसिआर मार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको दाबी भुक्तानी गर्न पाइने छ। कोरोना बिमा न्युनतम ५० हजार र अधिकतम १ लाख रुपैयाँको गर्न सकिन्छ।
बिमा शुल्क प्रती ब्यक्ति ३ सय रुपैया र ६ सय रुपैयाँ लाग्छ। सहकारीले कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीले १ लाख रुपैयाँ तत्काल भुक्तानी दिने गरि बिमा गरिएको प्रबन्धक बिजयराज पगेनीले जानकारी दिए।