कास्की। भिन्तुना युवा क्लव तेर्सापट्टि पोखराले लकडाउनको समयमा दैनिक बेलुकि खाना खुवाउने कार्यक्रम २० औ दिनमा पुगेर स्थगित गरेकाे छ । निशुल्क खाना बितरण अभियान विश्व महामारी को रुपमा फैलिएको कोभिड- १९ को कारण विषम परिस्थितिमा स्थानिय स्तरमा दैनिक ज्यालादारिमा काम गर्ने मजदुर बर्ग, बिपन्न तथा खानाको समस्या भएका १८ हजार जनालाई निशुल्क खाना खुवाउदै सम्पन्न भएको भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले राज्यले गर्नुपर्ने कार्यक्रम क्लबले गरेको भन्दै मानविय कार्यमा तन, मन र धनले हातेमालो गर्ने सबैमा आभार प्रकट गर्नुभयो ।उहाँले सरकारले यस्तो बिषम परिस्थीतिमा सहयोग र राहत बितरण गर्ने कार्यमा एकद्धार प्रणाली भन्दै रोक्ने काम गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी वडा नम्बर ३ का वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले क्लबले गरेको कामले वडाको पनि नाम चम्किएको बताउनुभयो । कोरोना संक्रमणको यो समयमा क्लबले सह्रानिय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यो समयमा निकै जोखिम रहेकोले वडामा पनि क्वारेन्टाईन बनाउन आफुहरु लागिपरेको उहाँले बताउनुभयो ।
२० दिन सम्म सञ्चालन गरेको नि:शुल्क खाना बितरण अभियानबाट १८ हजार भन्दा बढि खाना वितरण गरिएको थियो ।
कार्यक्रमलाइ सफल बनाउन सहयोग तथा सहकार्य गर्ने तेर्सापट्टि जल – बिनायक आमा समुह, तेर्सापट्टि बुहारि समुह, तेर्सापट्टि ल्याम्ह पुच र तेर्सापट्टि टोलबासि तथा देश बिदेशबाट आर्थिक, भौतिक, नैतिक, प्रशासनिक रुपमा सहयोग गर्नुहुने परोपकारी मन भएका सम्पुर्ण महानुभावहरुलाइ भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठले विशेष धन्यवाद ब्यक्त गरेका छन् ।