दीपेन्द्र बस्नेत
कञ्चनपुर ।
सुदुर पश्चिमको गौरीफन्टा नाकाबाट भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुको स्वास्थ्य परिक्षण नगरिकनै शनिबार मात्रै १ हजार ९६६ जनालाई भित्र्याइएको छ ।
लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकहरु पश्चिमी नाकाबाट प्रवेश खोलिएको भन्दै ठूलो संख्यामा नेपाल आउन थाले पछि आरडिटी परिक्षणका लागि कीट अभाव हुँदा परिक्षण बिनै सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
जोखिम ग्रस्त भारतीय प्रान्त र शहरबाट समेत आएकाहरुको सीमा र्यापिड परिक्षण बिनै पालिकाहरुमा पठाउने गरेपछि भाइरस संक्रमणको जोखिम बढेको स्थानीय हरु बताउछन् ।
भारतबाट नेपाल आउन सीमामा पुगेकाहरुको शनिबार सामान्य ज्वरो समेत मापन गरिएन ।
भारतबाट नेपालीहरु ३५ वटा बसहरुमा डोकेबजार -गौरीफन्टा सीमा नाकामा पुगेका थिए । सीमामा पुगेका नेपालीहरुको भिड थाम्न नसक्ने अबस्था आए पछि शनिवार दिउँसो ३ बजे आवागमन बन्द गरिएको थियो ।
शनिवार भारतका विभिन्न स्थानहरुबाट २३२ जना र पुनर्वास नगरपालिकामा ५५ जना नेपाली हरुलाई ल्याइएको छ । उनिहरुलाई बिधालय भवनहरुमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.