नेपाली कांग्रेस पोखरा – ६ टोल समिति (४)द्वारा लेकसाइडमा राहत बितरण

१३ जेष्ठ २०७७, मंगलवार

 

पोखरा ।  नेपाली कांग्रेस पोखरा – ६ टोल समिति (४) ले लेकसाइडमा राहत बितरण कार्यक्रम गरेको छ। कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको र गरिब तथा मजदुरका करिब ५० घर-परिवारलाई आफुहरुले खाद्यान्न र पैसा सहयोग गरेको ने.बि. संघ नेता एबम उक्त कार्यसमितिका सचिब बिपिन पौडेलले जानकारी दिए।

सु:ख – दु:खमा कांग्रेस, मन – मनमा कांग्रेस भन्ने नारालाई आफुहरुले आत्मसाथ गरेर दु:खमा परेका गरिब परिवारालाई राहत बितरण गरेको पौडेलले जनाए। कार्यक्रममा पोखरा – ६ का वडा अध्यक्ष तथा कांग्रेस नेता जगत पहारी, नेपाली कांग्रेस पोखरा ६ का सभापति बलराम गिरि, कांग्रेसका क्षेत्रीय प्रतिनिधि नेत्रपाणी न्यौपाने, दिपक वीर कुंवर, सत्यदेबी आचार्य, कांग्रेस नेतृ मन्धरा ढकाल, पबित्रा थापा लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै वडा इकाइ सभापति बलराम गिरिले कांग्रेस जनताको हरबखत साथमा रहने र जनतालाई दु:ख पर्दा आफुहरुले सदैब सक्दो सहयोग गर्ने बताउनु भयो भने उक्त समितिकी सभापति प्रभा सुबेदीले कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत समयको माग अनुसार आफुहरु जनताकामाझ विभिन्न कार्यक्रम लिएर उपस्थित रहने बताउनु भयो।

कार्यक्रम संयोजक गिता पहारीले आफुहरुको कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

Leave a Reply