बाग्लुङका ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

0
450

 

कास्की । बुधबार बाग्लुङका थप ६ जनामा कोरोना भाइरस( कोभिड -१९ )पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
बाग्लुङ वाढीगाड गाउँपालिकाका १९ र २० बर्षीय पुरुष तथा तमनखोला गाउँपालिकाका २१,२७,२७ र २१ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।उनीहरु गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थिए ।
उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको बताइएको छ ।

यस अघि पनि बाग्लुङकै २ जनामा कोरोना संक्रमण भएको थियो ।उनीहरु निको भएर घर गैसकेका छन् ।