स्याङ्जामा थपिए ३ जना काेराेना संक्रमित,स्याङ्जामा काेराेना संक्रमितकाे संख्या ५ पुग्याे

0
537

 

कास्की । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।स्याङ्जा वालिङका २ पुरुष र १ महिलामा बिहिवार काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीका स्वास्थ निर्देशक डा.विनाेदबिन्दु शर्माले जानकारी दिए।उनका अनुसार २६ र २३ बर्षीय पुरुष र ३९ वर्षीया महिलामा काेराेना पाेजेटिभ देखिएको हाे।

यसअघि मंगलबार वालिङका २ जना पुरुषमा काेराेना पाेजेटिभ देखिएको थियाे।याे संगै स्याङ्जामा काेराेना संक्रमितकाे संख्या ५ पुगेको छ।