समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुन्छ : मेयर जिसी

१५ जेष्ठ २०७७, बिहीबार

तीर्थ केसी

पोखरा ।  पोखरा महानगर पालिकाका मेयर मान बहादुर जिसीले  समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुने बताएका छन् । बिहिवार पाेखरामा गणतन्त्र दिवसको अवसर पारी मदन भण्डारी फाऊण्डेशन कास्कीले अायाेजना गरेकाे नयाँ बर्ष २०७७ काे भित्तेपात्राे विमाेचन गर्दै उनले साे कुरा बताएका  हुन् ।

मेयर जिसीले समाजवादी चिन्तनले मात्र गणतन्त्र संस्थागत हुने कुराको चर्चा गर्दै अहिले समस्याको रूपमा रहेको व्यक्तीवादी चिन्तन नहटे मुलूकमा समृद्द नेपालको सपना अधूरो रहने बताए। मदन भण्डारीले प्रतीपादन गरेको जनताको बहूदलीय जनवाद नै अहिले सम्म मुलुकको नीती तथा कार्यक्रम को आधार रहेको वताउदै मदन भण्डारी फाउण्डेशन का प्रदेश सदस्य समेत रहेका मेयर जीसीले गणतन्त्र दिवसलाई दिवसको रूपमा मात्र नलिकन संस्थागत गर्न सबै जना लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका कार्यालय सदस्य पुण्य पौडेल , फाउण्डेशनका सल्लाहकार तथा पार्टी नेता तेजनारायण अधिकारी, वलराम आचार्य, फाउण्डेशन कास्की अध्यक्ष माधव बास्तोला लगायतले गणतन्त्र दिवसको शुभकामना राखेका थिए ।

Leave a Reply