थप २  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,  गण्डकी प्रदेशमा संक्रमितको संख्या १९

१६ जेष्ठ २०७७, शुक्रबार

 

पाेखरा।  गण्डकी प्रदेशमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण भएकाहरुको संख्या १९ पुगेको छ ।

पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । भरतपुरको कोरोना अस्पतालमा गरिएको परिक्षणमा देवचुलीका २ पुरुषमा कोरोना सक्रमण भएको गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले पुष्टी गरेको हो ।

देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर र देवचुली ११ पृथ्वीनगरका २१ वर्षिय र १९ वर्षिय २ पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

उनिहरु दुवैजनालाई नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालको आईशुलेसनमा राखिएको र अवस्था सामान्य रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

Leave a Reply