पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटेपछि

0
553

राहुल गुप्ता,

वीरगञ्ज। पर्सा जिल्लाको ठोरीमा रहेको ठुटे खोलामा बुधबारबाट सञ्चालनमा ल्याइएको पुल भत्काउन आएका भारतीयलाई स्थानीयले लखेटेका छन्।

पुल सञ्चालन गरेको १ दिन नबित्दै भारतीय सुरक्षाकर्मीसहित आएका भारतीय नागरिकले पुलको पूर्व तर्फ पुरेको भाग भत्काउन लागेपछि ठोरीवासीले उनीहरुलाई लखेटिदिएका हुन्।

निर्माण सम्पन्न भएको ३ बर्ष पछि बुधबारबाट सञ्चालनमा ल्याइएको पुलको पूर्व पट्टीको भाग भारतिय पक्षले भत्काईदिएपछि सो क्षेत्र केही बेर तनावपुर्ण बनेको थियो ।

पुलको पुर्वपट्टी कुलोको लागि २ वटा कल्भर्ट राखिएको भएपनि भारतिय पक्षले ३ वटा कल्भर्ट राख्नुपर्ने भन्दै नेपाली भुमिमा प्रवेश गरेर भत्काउन लागेका थिए।भारतीय आएर पुल सञ्चालनमा अवरोध गर्न पूर्व पट्टी पुरिएको भाग भत्काउन लागेको थाहा पाएपछि त्याँहाका स्थानिबासी आएर प्रतिकार गरेका थिए।

विरोधको क्रममा केही वेर भारतिय सुरक्षाकर्मीसँग भनाभन भएको थियो । बुधवारबाट सञ्चालनमा ल्याइएको पुलले अब दुई गाउँका बासिन्दालाई वारपार गर्न सहज पुग्ने भन्दै खुशी भएका स्थानियहरुमा बिहीबारको घटनाले दुःखी बनाएको छ।

स्थानीयको प्रतिकार पछि भारतीय सुरक्षाकर्मीसहित आएका भारतीयहरु भागेको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सूर्य लामाले जानकारी दिए