कास्की । नेपालमा काेराेना संक्रमितको संख्या १,५६७ पुगेको छ भने ८ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।