विद्यार्थीको स्वास्थ्य र पठनपाठनबारे ने.वि. संघ कास्कीको गम्भीर ध्यानाकर्षण

0
621

नेपाल बिद्यार्थी संघ कास्कीले सोमबार विद्यार्थीहरुको पठनपाठन र स्वास्थ्यलाई ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेको छ।

कास्की । नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले आइतबार शिक्षा मन्त्रीद्वारा असार १ गतेबाट पठनपाठन सुरु गर्न आव्हान गरिएको बिषय सरासर विद्यार्थीहरुको स्वास्थ्य माथी खेलवाड गर्न खोजिएको प्रष्ट देखिएको जनाउँदै उक्त आव्हान तत्काल फिर्ता लिन र विद्यार्थीको स्वास्थ्य र पठनपाठनलाई ध्यानाकर्षण गर्दै बिज्ञप्ति जारी गरेर सरकारलाई र स्थानीय प्रशासनको ध्यान केन्द्रीत गरिएको बताएका छन्।

नेता थापाले बिज्ञप्ति मार्फत निजी बिधालयहरुलाई अनलाइन कक्षा र भर्ना लगायतका कुनौ पनि बहानामा शुल्क नलिन अनुरोध गर्दै त्यस्तो कार्य गरिएको भेटिएमा ने.वि. संघ कास्की त्यसको विरुद्धमा रहने र असहज परिस्थितिको जिम्मा निजी बिधालयहरु र प्रशासनले लिनुपर्ने समेत प्रष्ट पारेका छन् ।