कैलालीमा थप १० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ३३ पुग्याे

0
381

 

कास्की ।  कैलालीमा आज थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीमा मंगलबार १० जना कोरोना संक्रमित थपिएका हुन ।

कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष तथा गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो संगै कैलालीमा कोरोना संक्रमितको संख्या ३३  पुगेको छ ।