कास्की । काेराेना भाईरस (काेभिड-१९)काे संक्रमण बाट नेपालमा थप एक जनाकाे मृत्युु भएकाे छ ।दाेलखाका ७६ बर्षीय पुरुषकाे बुधबार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हाे ।उनको मृत्यु भए संगै नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या ९ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको रिपोर्ट पोजेटिभ आएको छ ।त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हाे ।