पाेखरा ।गण्डकी प्रदेशमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ निर्देशनालय गण्डकीले बिहीबार थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएको छ।प्रदेश काेराेना परिक्षण प्रयाेगशाला पाेखरामा गरिएकाे परिक्षणमा बाग्लुङका , १० जना,पर्वतका ४ जना स्याङ्जा र म्याग्दीका १-१ जनामा थप काेराेना संक्र मण देखिएकाे निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
यसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । त्यसमध्ये ३ जना निको भइसकेका छन् ।
बागलुङको निसीखोला गाउँपालिकामा १ महिला सहित ३ जना, बडिगाड गाउँपालिकाका ४ जना पुरुष र गल्कोट नगरपालिकाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । निर्देशक डा.शर्माका अनुसार निसीखोला गाउँपालिकाका एक जना ३३ बर्षिया महिला र दुई जना २२ र २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको होभने बडिगाड गाउँपालिकाका १६ बर्षिय बालक सहित २०, २१ र २५ बर्षिय पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै बागलुङमा संक्रमितको सख्ंया १८ पुगेको छ । त्यसमध्ये २ जना निको भइसकेका छन् ।
यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ बर्षिय दुई जना पुरुष र फलेवास नगरपालिकाका २१ वर्षिय दुई जना पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । यससँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ।
यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ बर्षिय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशक डा. शर्माले बताए ।
यी सवै भारतबाट आएका हुन् ।