पर्वतमा थप ४ जनामा काेराेना संक्रमण ,संक्रमितको संख्या ९ पुग्याे

0
480

पाेखरा । पर्वतमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ निर्देशनालय गण्डकीले बिहीबार थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएको छ।प्रदेश काेराेना परिक्षण प्रयाेगशाला पाेखरामा गरिएकाे परिक्षणमा पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ बर्षिय दुई जना पुरुष र फलेवास नगरपालिकाका २१ वर्षिय दुई जना पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । यससँगै पर्वतमा संक्रमितको संख्या ९ पुगेको छ ।