सुर्खेतमा काेराेना संक्रमणबाट २० बर्षीय युवककाे मृत्यु

0
581

पाेखरा ।सुर्खेतमा काेराेना संक्रमणबाट २० बर्षीय युवककाे ज्यान गएकाे छ ।पश्चिम सुर्खेतमा अारडिटि परिक्षणकाे रिपोर्ट नेगेटिभ अाएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहिवार बिहान मृत्यु भएपछि उनकाे पिसिअार जाँच गरिएको थियाे ।युवककाे मृत्युु पछि गरिएको पिसिअार परिक्षणकाे रिपोर्ट काेराेना पाेजेटिभ अाएकाे कर्णाली प्रदेश स्वास्थ सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।

यहि जेठ ७ गते भारतबाट अाएका उनी जनता मावि बिद्यापुरकाे क्वारेन्टाइनमा बसेका थिए ।अारडिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ अाएपछि उनी २१ गते घर फर्किएकोमा साेहि दिन राति उनकाे मृत्यु भएकाे थियाे ।मृत्यु पछि उनकाे पिसिअार जाँच गर्दा रिपोर्ट पाेजेटिभ अाएकाे हाे।याे संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ पुगेको छ।