जुम्लामा क्वारेन्टाइनमा बसेका एक बृद्धकाे मृत्यु ,काेराेना परिक्षणका लागि स्वाब पठाईयाे

0
429

पाेखरा । जुम्लामा क्वारेन्टाइनमा बसेका ६५ बर्षीय बृद्धकाे   ज्यान गएकाे छ।चन्दननाथ नगरपालिका -८धुपीढुस्का मावि तलिउममा क्वारेन्टाइनमा बसेका उनकाे बिहिवार राती मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ।

बृद्धकाे मृत्युु भएपछि उनकाे स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीकाे टाेलीले परिक्षणका लागि पठाएको छ।

जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार मृतक यहि जेठ २१ गते बाहिरी जिल्लाबाट अाएर क्वारेन्टाइनमा बसेका थिए ।