सरिता तिम्सिना पगेनी
पोखरा । पोखरा महानगरपालिका ३ नदिपुर स्थित प्रकृति उद्यानमा खुल्ला व्यायामशाला निर्माण हुने भएको छ । ४७ औं विश्व वातावरण दिवसको अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जीसीले पार्कको स्तरोन्नती गरी खुल्ला व्यायामशालाको रुपमा विकास गर्ने योजना रहेको वताए। हरेका वडामा एक पार्क बनाउने लक्ष्य महानरपालिकाले लिएको उल्ल्लेख गर्दे मेयर जीसीले पार्कको प्रर्बद्धनका लागि आफु सधैं तयार रहनेमा जोड दिए ।
पोखरा ३ का वडाध्यक्ष रबिन्द्र बहादुर प्रजुले पार्कमा खुल्ला व्यायामशाला निर्माणका लागि पोखरा -३ को पहलमा महानगरले २० प्रतिशत जनसहभागीता बाट जुटाउने गरी ४ लाख ८० हजार रुपौया वजेट विनियोजन गरिसकेको जानकारी दिए ।व्यायामशाला निर्माणको काम सम्झौता लगायतका प्रकृया पुरा गरी चाँडै नै शुरु गरिने अध्यक्ष प्रजुले जानकारी दिए ।
पार्कलाई संचालन गर्दे आएको संस्था सुर्याेदय युवा क्लबका अध्यक्ष शेखर पराजुलीले पार्कको थप सौन्र्दयीकरणका लागि पार्क भित्र वाचानालय निर्माण गरी क्याफे समेत संचालन गर्ने लक्ष्य रहेको पोखरा पोष्टलाई जानकारी दिए । यसका लगि अभियान समेत शुरु भइसकेको उनको भनाई थियो ।
पार्कको पुनःनिर्माणका लागि स्थानीय समाजसेवी सहदेव वाँनियाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । बाल मन्दिर टोल विकास संस्था,बाल मन्दिर आमा समुह लगायतका संस्था पार्कको पुनः निर्माणमा जुटिरहेको पुनः निर्माण समितिका सचिब षडंग घिमिरेले जानकारी दिए । समितिले पार्कको पुनःनिर्माणका लागि जनस्तरबाट समेत सहयोगको अपेक्षा राखेको छ ।