साँघुराे पालिखे चाेकलाई फराकिलो वनाए पाेखरा -४ का अध्यक्ष वास्तोलाले

0
715

सरिता तिम्सिना पगेनी

पाेखरा ।

यतिबेला पाेखराकाे मुटु पालिखे चाेककाे स्वरुप परिवर्तन भएकाे छ।पुराना अब्यबस्थित घरहरुले साँघुराे भएकाे चाेक र सडक अहिले फराकिलो र अाकर्षक भएकाे छ । डिभाईडर गार्डेन निर्माण  संगै रंगिबिरंगी फुलकाे बगैंचाले थप सुन्दर बनेकाे छ पालिखे चाेक ।

पाेखरा महानगरपालिका -४ का अध्यक्ष शंकर वाँस्ताेलाकाे पहलमा स्थानीय जग्गा धनीलाई मुअाब्जा दिएर विवाद मिलाएपछि केही समय अघि बिवादमा रहेकाे याे चाेकले अाफ्नाे मुहार फेरेकाे हाे ।

अध्यक्ष बाँस्ताेलाकाे संयाेजकत्वमा त्यहाँका पुराना संरचना हटाउने काम देखि मुअाव्जा वितरण र चाेकलाई ब्यबस्थित गर्ने काम सम्पन्न भएकाे हाे । अाफुले पटकपटक जग्गा धनी संग छलफल तथा वार्ता गरेर सडक फराकिलो पार्ने काममा सफलता हासिल गरेकाे अध्यक्ष बाँस्तोला बताउछन ।

महानगरकाे बर्षाेदेखि पालिखे चाेक फराकिलो बनाउने याेजना अध्यक्ष बाँस्तोलाले पूरा गरेका हुन् ।

पाेखरा पाेष्ट संग कुरा गर्दे अध्यक्ष बाँस्तोला भन्छन् ,”३२ लाख ५८ हजार ७ सय ९५ रुपैयाँको टेण्डरमा पालिखेचाेककाे बाटाे तथा नाला काम भएकाे छ ,अहिले सम्मकाे काममा २० लाख ६४ हजार ६ सय २२ रुपैया खर्च भयाे ।”

 

बगैचालाई व्यवस्थित पार्न मात्रै ६३ हजार ३ सय ४२ रुपैयाँ खर्च भएकाे छ ।

पाेखराकाे साँघुकाे मुख भनेर चिनिने पालिखे चाेक वडा नं. ३,४ र ९ काे संगमस्थल पनि हाे ।

महानगरले पालिखे चाेकमा रहेका घर जग्गाको मुअाब्जाका लागि २ कराेड ७३ लाख रुपैया लगानी गरेकाे अध्यक्ष बाँस्तोलाले जानकारी दिए।