राहुल गुप्ता
महाेत्तरी । नेविसंघ महाेत्तरीले तीनै तहका सरकारले काेराेना नियन्त्रणका लागि चासाे नदेखाएको भन्दै अाईतबार शान्तिपूर्ण विराेध प्रदर्शन गरेकाे छ ।
दिनहुँ काेरना संक्रमितकाे संख्या बढिरहेको अबस्थामा पनि सरकारले गम्भीरता पुर्वक काम नगरेपछि नेबिसंघले प्रमुख जिल्ला अधिकारीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र समेत बुझाएको छ।
ज्ञापन पत्रमा पिसिअार जाँचकाे मात्रा बढाउनु पर्ने,क्वारेन्टाइनलाई डब्लुएचअाेकाे मापदण्डअनुसार संचालन गर्नु पर्ने लगायतका छन् ।
यस्ता छन् प्रमुख जिल्ला अधिकारी समक्ष नेविसंघ महाेत्तरीले राखेका मागहरू:
१. पि.सि.आर चेकजाँच क्षमता बढाउन पर्यो र यश जिल्लाको लागि छुट्टै पि.सि.आर मेसिनको व्यवस्था मिलाईयोस।
२.प्रत्येक वडामा डब्लुएचअाे को मापदण्ड अनुरुप अनिवार्य रूपमा क्वारेन्टाइनको संख्या बढाई क्वारेन्टाइन लाई व्यवस्थापन गरियोस् ।
३. कोभिड -19 उपचार केन्द्र थप गर्दै भेण्टिलेटर सहितको आइसोलेसनको संख्या बढाउन पर्छ।
४. सीमामा फसेको नागरिकहरु लाई व्यवस्थित तरिकाले उद्दर गरियोस् ।
५. गरिब विपन्न परिवारलाई समयमै राहतको व्यवस्था मिलाइयोस।
६. कोभिड -19 उपचार तथा यसबाट उतपन्न समस्याहरुको समाधानको लागि नियमित अनुगमन होस् ।
७.भिडभाड हुने सरकारी कार्यालयहरुमा समाजिक दुरी र हाथ धुने व्यवस्थापन गर्नुपर्ने र कडाइका साथ अनुगमन होस् ।
विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा जलेश्वर नगरपालिका चाैक बाट सुरु भएर जिल्ला प्रशासन कार्यलय मा गएर सम्पन्न भएको थियाे । विरोध प्रदर्शनमा ने.वि.संघ का निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष अाशुताेष झा, निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत विद्यार्थी नेताहरु को सहभागिता रहेको थियो ।
