पोखरा । सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका एक जना पोखराको नयाँबजारका व्यक्ति भएको पुष्टि भएको छ । क्वारेन्टाइनमा बस्दै आएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
संक्रमित ब्यक्तिका विषयमा थप बिवरण बुझ्ने काम भईरहेकाे पाेखरा ९ -का अध्यक्ष रामराज लामिछानेले पाेखरा पाेष्टलाई जानकारी दिए।
