स्याङ्जा वालिङका काेराेना संक्रमितकाे शब पाेखराकाे रिठ्ठाघाटमा ब्यबस्थापन गरियाे

0
579

पोखरा  । पोखरा  स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हिजो राती मृत्यु भएका स्याङ्जा वालिङका कोरोना संक्रमित ब्यक्तिको शब पोखरा महानगरपालिका, फुलवारी स्थित मनिपाल शिक्षण अस्पताल नजिकैको सेती नदी किनार रिठ्ठाघाटमा ब्यबस्थापन गरिएको छ ।

स्थानीयकाे अबरोधका बाबजुद पनि सव रिठ्ठाघाटमानै ब्यबस्थापन गरिएको हाे ।शब ब्यबस्थापनका बिषयमा पाेखरा -११ र २० का स्थानीयले अाफुले प्रयाेग गरिरहेकाे घाट नदिने बताएपछि उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

शब ब्यबस्थापन डेडिकेटेट टिमले शब ब्यबस्थापन गरेकाे  स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।