पाेखरा ।नेपाल पत्रकार महासंघ कास्कीले अाफ्ना सदस्यहरुकाे काेराेना बिमा गर्ने कार्य अाजदेखि शुरु गरेकाे छ ।तमु धी युकेकाे सहयाेगमा कास्की शाखाले मंगलबार देखि पत्रकारको विमा गर्न लागेको हाे ।
कास्कीलाई कार्य क्षेत्र वनाई प्रकाशित /प्रसारित सबै मिडिया हाउसका महासंघको सदस्य नभएका पत्रकार ,कर्मचारीकाे पनि काेराेना विमा गर्न /गराउन पत्रकार महासंघ कास्कीले सम्बन्धित मिडिया हाउसलाई अनुरोध समेत गरेकाे पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पाेखरा पाेष्टलाई जानकारी दिए ।
काेराेना कहर विच पत्रकारिता गरिरहेका पत्रकारको लागि सुरक्षा सामाग्री मास्क /सेनिटाईजर अाबश्यक परेमा महासंघमा सम्पर्क गर्न समेत अध्यक्ष श्रेष्ठले अनुराेध गरेका छन् ।
पत्रकार महासंघ कास्की शाखामा हाल ३ सय जना सदस्य रहेका छन् ।