पाेखरा ।पाेखराका पहिलाे काेराेना संक्रमित पुरुषकाे प्रतक्ष्य सम्पर्कमा अाएका ३९ जनाकाे काेराेना परिक्षणकाे रिपोर्ट नेगेटिभ अाएकाे छ । बुधबार गण्डकी जनस्वास्थ्य कार्यलयकाे विज्ञप्तिमा उनिहरुकाे रिपोर्ट नेगेटिभ अाएकाे जानकारी गराईएकाे छ ।ती सम्पर्कमा अाएका ब्यत्तिहरुकाे अाईतबार काेराेना परिक्षणकाे लागि स्वाव संकलन गरिएकाे थियाे ।
पाेखराकाे अालुमाईला चाेकमा बस्ने ६० बर्षीय पाेखराका पुरुषलाई काेराेना संक्रमण पुष्टि भए संगै पाेखरामा एक खालकाे त्रास पैदा भएकाे थियाे ।कुनै ट्राभल हिस्ट्री नभएका ब्यत्तिमा काेराेना पुष्टि भएकाे खबरले अातंकित पाेखरा अहिले भने केही समयका लागि शान्त देखिएकाे छ ।
शुक्रबार काेराेना पुष्टि भएका उनकाे मंगलबार दाेस्राे रिपोर्ट भने नेगेटिभ अाएकाे छ ।
काठमाडौमा उपचाररत संक्रमित बाहेक कास्कीका अन्य ४ जना संक्रमित भारत बाट नेपाल अाएका हुन् ।