पाेखरा ।बुधबार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनस्वास्थ्य कार्यलय गण्डकीले जनाएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ ।