पाेखरा । रुपन्देहीको कञ्चन गाउपालिकामा बाबुले छोराको हत्या गरेका छन् ।
घरेलु हतियार प्रहार गरी उनको हत्या गरिएको हो ।जिल्लाको कञ्चन गाउपालिका वडा नम्बर १ कुचेराका रिमबहादुर कुमालले घरमै सुतिरहेको १५ वर्षिय छोरो सुदीपलाई घांटी,मुख र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना गएराती साढे १ बजे भएको हो । उनलाइ बिहान तीन बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत घोषणा गरिएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्स्पेक्टर कमल परियारले घटनामा संलग्न रिमबहादुरलाई पक्राउ गरेको जानकारी दिए ।
रिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।रिमबहादुरले आफैले हत्या प्रहरीसमक्ष पहिलो बयान दिएकाछन् ।
घटनाको थप कारण खुल्न सकेको छैन ।मंगलवार मात्रै रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारको एक पशु फार्ममा काम गर्ने पाच जनाको हत्या भएको थियो । यसमा संलग्न १ जना पक्राउ परेका छन् ।