पाेखराकाे सराङकोटमा रू २ करोडको लागतमा भ्यू–टावर निर्माण शुरु

२८ जेष्ठ २०७७, बुधबार

पाेखरा। पर्यटकीय स्थलको रूपमा परिचित सराङकोटमा आधुनिक भ्यू–टावर निर्माण शुरु गरिएकोछ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्गत प्रदेशसरकारको सहयोगमा निर्माण गरिन लागिएको हो ।सो को औपचारिक शुभारम्भ गर्दा गण्डकी प्रदेश वन उद्योग तथा पर्यटन मन्त्री विकासलम्सालले प्रदेशभित्र रहेको पर्यटकीय गन्तव्य स्थललाई थप व्यवस्थित गराउने योजना अनुसारसराङकोटमा भ्यू–टावर निर्माण गरिन लागिएको वताए । प्रदेशको मुख्य आधार पर्यटन क्षेत्ररहेकोले यसको विकासमा कहीँ कतै राजनीतिक रूपमा हेरिन नहुने वताए ।

सूर्योदय, सूर्यास्त, हिमाल, ताल र आसपासका क्षेत्रहरूको दृश्यावलोकनका लागि भ्यू–टावर महत्त्वपूर्ण रहेकाले निर्माण शुरु गरिन लागिएको सो टावर रू २ करोडको लागतमा सम्पन्नहुने समितिका अध्यक्ष प्रेम बहादुर जि.सी. ले वताए । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित सराङकोटको विकासमा धार्मिक पर्यटन क्षेत्र विकास समितिको वृहत्तर योजना महत्त्वपूर्ण रहेको पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी. ले वताए । स्थानीय सार्वजनिक जमिनको संरक्षण गर्दै समितिबाट गरिने योजनालाई महानगरले आवश्यक सहयोगगर्ने वताए ।

२०६४ देखि समितिले वृहत्तर सराङकोट धार्मिक पर्यटन क्षेत्रका लागि विभिन्न समयमामहायज्ञबाट आर्थिक संकलन, सरकारी, स्थानीय स्तर तथा दातृ निकायबाट विभिन्न निर्माणकार्यहरू गर्दै आए पनि गौतमवुद्धको विशाल मूर्ति स्थापनामा जग्गा प्राप्ती नहुँदा निर्माण कार्यअलपत्र परेको छ । सो निर्माणका लागि ७ करोड १० लाख दानविर आर.डि. लामा विष्टलेसहयोग गर्ने प्रतिवद्धता राखेका थिए ।

सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १८ का अध्यक्ष रण बहादुर थापा,
गण्डकी प्रदेश भू–संरक्षण कार्यालय प्रमुख दिवाकर पौडेल, नेपाल कम्यूनिष्ट पार्टी वार्ड अध्यक्ष पुष्कल थापा, नेपाली काँग्रेस वार्ड सभापति शिव प्रसाद तिमिल्सीना, अधिवक्ता कृष्ण प्रसादतिमिल्सीना, रोटरी क्लव पोखरा अन्नपूर्णका अध्यक्ष रामचन्द्र शर्मा, समितिका उपाध्यक्ष मिनबहादुर थापा, सचिव डिल बहादुर जि.सी. लगायतले सराङकोटको समग्र धार्मिक पर्यटन क्षेत्रकोविकास निर्माणमा एक हुनु पर्ने बताए ।

Leave a Reply