पाेखरा।नेपाली कांग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नेपाल सरकारको शिक्षा ऐन बिपरित गाउपालिकाले मादी- ३ स्थित सिताराम माबिमा आफु अनुकुल कार्यविधि बनाई गैर अभिभावकलाई बिद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको नेपाली कांग्रेस मादी इकाईका सचिव भानु ढकालले जानकारी दिए ।
गाउँपालिका प्रमुख बेद बहादुर गुरुङसंग छलफल गर्दा समेत वेवास्था भएपछि तालाबन्दी गर्न बाध्य भएको नेपाली कांग्रेस मादीका सभापति देबीजंग गुरुङले बताए । उनले कांग्रेसको सहनशीलता र ज़िम्मेवारी लाई कमजोरीका रूपमा नलिन चेतावनी समेत दिए ।