अब मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने

0
309

 

अब साइकल तथा मोटरसाइकलमा एकजना मात्रै अर्थात चलाउनेमात्रै सवार हुन पाइने भएको छ । निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाइने भएको छ।

लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप पहिलो चरणमा सरकारले यस्तो व्यवस्था गरेको हो।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।

निजी सवारीसाधन जोर-बिजोर प्रणालीबाट सञ्चालन हुने छन्। यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र बाहिर एक जिल्लाभित्र मात्रै सञ्चालन हुन पाउने छन्।