पाेखरा ।गण्डकी प्रदेशमा शुक्रबार बिहान सम्म ३७ जना काेराेना संक्रमित थपिएका छन् ।३ बर्षीय बालक देखि ६६ बर्ष उमेर समुहका व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ।
थपिएका संक्रमित पर्वतका १३जना ,स्याङ्जाका २२ जना,नवलपुरका १ र तनहुँका १ जना रहेका छन् ।उनिहरुलाइ जिल्ला स्थित अाईसाेलेसन कक्षमा लैजाने तयारी भईरहेकाे प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा. विनाेद विन्दु शर्माले जानकारी दिएका छन्।