बिश्व महामरिको रुपमा फैलिएको कोरोना भाइरस आर्थात (COVID -19 ) ले आक्रान्त पारेको छ यसको साथ साथै शैक्षिक क्षेत्रलाइ पनि अपुरणिय क्षति पुराएको छ। अहिलेको अबस्थामा सबै भन्दा ठुलो चिन्ता भनेकै मानव जीवनको रक्षानै भनेर आएको परिस्थितिमा लकडाउनको पनि विकल्प नभएको कारण यसको पालना गर्नु नै बर्तमान समयको आवश्यकता र प्राथमिकता रहेको छ ।
कोरोनाको कहर र जारी लकडाउनले हामी बिध्यार्थीहरु दोधारमा परेका छौं । हिजो मात्रै SEE को परिक्षा नहुने भन्ने समाचार प्राप्त भएको छ। क्रमश कक्षा 11,12 को को परिक्षा नजिकिएकाेअबस्था छ र यो शैक्षिकसत्र हुने वा नहुने सम्बन्धमा सिङ्गो शिक्षा मन्त्रालय र यससँग सम्बद्ध निकायहरु अन्योलमा
रहेको हुदा हामी बिध्यार्थीहरुमा एक एककिसिमको मनोबैज्ञानिक असर परेको छ।
अहिलेको यो असहज परिस्थितिबाट सम्पुर्ण सामुदायिक बिधायलयहरुले अब सुचना र प्रबिधिको बैकल्पिक उपाय खोज्नुपर्छ ,अत्याधुनिक युगमा जिउन सिकाउने माध्यम भनेकै बिज्ञान र प्रबिधि भएको कारण उच्चतम प्रयोगगरि यो आउने अफ्ट्यारो लाइ अब SOFTWARE मा बदल्नुपर्छ र यससगै हाम्रो शिक्षा प्रणालिलाई पनि परिवर्तन गरिनुपर्छ भन्ने सन्देश आज हामी कोरोनाले दिएको छ।
प्राय देशभरिकै सामुदायिक बिद्यालयमा हिजो हाम्रा शिक्षकहरुले जुन प्रकारको शिक्षा प्राप्त गरिनुभयो त्यही अनुरुपको परम्परागत सैद्धान्तिक शिक्षा आज हामिले प्राप्त गरिरहदा अब को विश्व बजारमा हामी बिक्न सक्दैनौ जस्तो महसुस भैरहेको छ ।त्यस कारण समय सापेक्ष हाम्रो शिक्षाको MODALITY लाई परिवर्तन गर्नुपर्छ ।
कोरोनाको संक्रमणको दर बढदो रहेका कारण विभिन्न निजि बिधालयहरुले अनलाइन कक्षा सन्चालन गर्न भन्ने व्यापक चर्चाका विषय बनिरहेको अबस्थामा शिक्षारुपि बिरुवालाइ निरन्तर मलजल गरिनुपर्छ र शिक्षा अबस्य ध्यान दिनुपर्छ ।
बैज्ञानिक , ब्यावहारिक ब्याबसाइक संगै प्रबिधीयुक्त शिक्षाको बारेमा कुरा हामिले पहिलेदेखी नगरेको होइन तर आज हामिलाइ रहर भन्दापनि बाध्याता बनिरहेको छ प्रबिधीमैत्री शिक्षा तर सामुदायिक बिधालयका सम्पुर्ण बिध्यार्थीहरु हुँदा खाने बर्गका छोरा छोरी भएका कारण घर घरमा ईन्टरनेटको सुबिधा छैन डाटा लिएर अन्लाइन कक्षामा उपस्तिथि हुदा त्यो खालको पहुँच छैन र सामुदायिक बिधालयहरुमा यस्को निम्ति पुर्बाधार र सक्षम जनशक्ती नभएका कारण यसको बाबजुद पनि प्रचलनमा रहेका प्रबिधिहरु रेडियो ,टि भि केबल ,टेलीफोन अन्य कुनै संजालबाट भएपनी हाम्रो पढाई लाई निरन्तर लैजानुपर्छ र यस्को निम्ति सम्पुर्ण सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुन जरुरी छ।
अर्का कुरा हामी बिध्यार्थीहरु ले अफ्नो अमुल्य समय सामजिक संजालबाट दुरुपयोग गरेका छै भने सोच्ने बेला आएको छ । अब हामिले आफ्नो हरेक बिसयसग सम्बन्धित बिसयबस्तुको नोट गर्ने , विभिन्न महत्त्वपूर्ण कुरा हरु लाई summarise गरि त्यि कुरा हरु फेसबुक मार्फत पोस्ट गरि आफ्ना विभिन्न साथीहरु लाई TAG गरौ र COMMENT मा छलफल गरौ यसो गर्दा यो समय सदुपयोग गर्न सक्यौं भनी धरै कुरा सिक्न सकिन्छ।
यसको साथै हाम्रो अतिरिक्त समय आफ्नो घर परिवारमा दिऔ घर बाट पनि धरै कुरा सिक्न सकिन्छ सिकाइ भन्नेकुरा किताबी ज्ञानमा सिमित रहनुहुदैन ।सिकाइ रहेक क्षेत्रमा रहन्छ यो बेला हामी अझ ब्यवाहारिक बन्न सक्छौं यो कोरोनाको कहरलाई एक अबशरको रुपमा बदल्नुपर्छ ।
लेखक :सफल बराल,(राष्ट्रिय मा.वी पाेखरा -१ बगरका कक्षा -१२ का परिक्षार्थी विद्यार्थी हुन् ।)