नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या १६ पुग्याे

0
273

 

 

 

पाेखरा । कोरोना भाइरस (कोभिड–१९) बाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्घाखाँची मालारानी गाउँपालिका–४ का ५७ वर्षका पुरुषको काेराेना संक्रमणबाट निधन भएको बताए ।

गत बुधबार लुम्बिनी अस्पताल बुटवलबाट उपचार गरी घर फर्कने क्रममा कोद्रे खोला नजिक उनको निधन भएको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आई सोही ठाउँको सार्वजनिक आधारभूत माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए  । क्वारेन्टिनमा बसेका बेला स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा .गौतमले मृत्युपछि उनको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार जेठ २९ गते कोभिड–१९ को संक्रमण देखिएको बताए ।

उनसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।