गण्डकीमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि , संक्रमितकाे संख्या १९७ पुग्याे

0
704

पाेखरा । शनिबार गण्डकीमा थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ  ।

गण्डकी प्रदेशको पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |

त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ |

उनिहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भैरहेको छ |
साथै गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ | उनलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ | यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको शनिबार स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।