नेपालमा मनसुन भित्रियो ,मेघ गर्जन र चट्याङ सहित बर्षाकाे सम्भावना

0
389

पाेखरा । नेपालमा मनसुन भित्रिएको छ ।  हिजो साँझ नेपालको पूर्वी भागमा मनसुन भित्रिएको हो ।यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा सतर्कता अपनाउन र पूर्व तयारीमा लाग्न आग्रह गरिएको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको जनाएको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

नेपालमा बँगालको खाडी हुँदै मनसुन पूर्वी भागबाट प्रवेश गर्दछ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १० जुनमा मनसुन प्रवेश गर्ने गरेकोमा यसपाली १२ जुनमा प्रवेश गरको छ ।