कास्कीका क्रियाशील पत्रकार महिलालाई सामाजिक अभियान्ता अाचार्यले गरिन् सहयाेग

0
816

पाेखरा ।पाेखराकी सामाजिक अभियान्ता रंगिला अाचार्यले काेराेना महामारीको समयमा पनि पत्रकारिता गरिरहेका कास्कीका क्रियाशील पत्रकार महिलालाई स्वास्थ सुरक्षा सामाग्री वितरण गरेकी छन् ।

अाचार्यले शनिबार पाेखरामा क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे )काे समन्वयमा ५० भन्दा बढि पत्रकारलाई सेनिटाईजर,एन-९५ मास्क,गल्वस लगायतका सामाग्री वितरण गरेकी हुन् ।

काेराेना महामारीको समयमा पनि अाफ्नाे ज्यानको पर्वाह नगरी फ्रन्ट लाईनमा रहेर रिपोर्टिङ गर्ने पत्रकारको लागि सहयाेग गर्न पाउँदा अाफुलाई खुषी लागेको उनले प्रतिक्रिया दिईन् ।

त्यसैगरी उनले अाफ्नाे घरायसी खर्चलाई व्यवस्थापन गर्दै पाेखराका ७,१७ र २१ नम्बर वडाका झन्डै १सय ५० परिवारलाई खाद्यान्न सहयाेग गरेको जानकारी दिईन्।

कार्यक्रममा डब्लुडब्लुजेका गण्डकी अध्यक्ष सरिता तिम्सिना पगेनीले विपदका समयमा पत्रकारकाे भुमिका महत्त्वपूर्ण हुने बताउदै सुरक्षित भएर काम गर्न सुझाव दिईन् ।उनले सामाजिक अभियान्ता अाचार्यले पत्रकार महिलालाई गरेकाे सहयोग प्रति कृतज्ञता ब्यक्त गरिन् ।

कार्यक्रममा डब्लुडब्लुजे का केन्द्रीय सदस्य दुर्गा अधिकारी ,कास्कीका अध्यक्ष शीला गुरुङ ,सल्लाहकार एवं अग्रज पत्रकार शान्ति राणा लगायतले अाचार्यले गरेकाे मानवीय कार्यकाे प्रशंसा गरेका थिए ।