पाेखरा । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।नेपालमा काेराेना संक्रमितकाे संख्या ५,७६० पुगेको छ।अाईतबार ३७५ पुरुष र ५० जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आजै थप ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ९७४ पुगेको छ।