क्वारेन्टाइन व्यवस्थापनमा रहेका स्वास्थ्यकर्मी र स्वयंसेवक  माथि बलात्कारको अाराेप

0
625

 

देवानन्द न्याैपाने

लम्की । क्वारेन्टाईन ब्यवस्थापनमा खटीएका स्वास्थ्यकर्मी र स्वंयमसेवक बाट कैलालीको लम्कीमा एक  महिला बलात्कृत भएकी छन ।

 

भारतबाट गौरीफान्टा नाका हुदै जेठ २० गते देखि लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिला क्वारेन्टाइनको ब्यवस्थापनको लागि खटीएका लम्कीका स्वास्थ्यकर्मी किशोर परियार, क्वारेन्टाईन स्वंयमसेवकमा खटीएका लम्कीका लक्षमण परियार र सर्जन विकले रातिको करीब सवाँ  १२ बजे बलात्कार गरेको पिडित महिलाले आरोप लगाएकी छन ।

 

रातिको समयमा उनीमाथि बलात्कार भएको पिडितको भनाईछ । घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहिको माग गदै लम्कीमा राजमार्ग अबरुद्ध पारेर पर्दशन समेत भएको छ ।

 

घटनामा संलग्नलाई कारबाहिको माग गदै आक्रोसित स्थानियले लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी समेत गरेका जनाइएको छ । आरोपित तिनै जनालाई  ईलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।