पाेखरा ।काेराेना भाईरसकाे संक्रमणबाट नेपालमा थप एक महिलाको ज्यान गएकाे छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेकाअनुसार बाकेकाे बैजनाथ गाउँपालिका -६ की ४६ बर्षीय महिलाको उपचारको क्रममा साेमबार साँझ मृत्यु भएकाे हाे ।उनकाे मंगलबार राति काेराेना परिक्षणकाे रिपोर्ट पाेजेटिभ अाएकाे थियाे ।
३० जेठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुर अाईसियुमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे ।
यससंगै नेपालमा काेराेना संक्रमणबाट मृत्युु हुनेकाे संख्या २० पुगेको छ ।