कास्कीका १९ महिनाकी बालिका सहित गण्डकीमा थप ५८ जनामा काेराेना संक्रमण पुष्टि

0
779

 

 

पाेखरा। कास्कीका १९ महिनाकी बालिका सहित गण्डकी प्रदेशमा शनिबार बिहान ५८ जना काेराेना संक्रमित थपिएका छन्।

शनिबार  बिहानकाे स्वास्थ्य निर्देशनालय गण्डकीकाे अद्यावधिक बिबरण अनुसार गण्डकी प्रदेशमा ५८ जनामा  काेराेना संक्रमण पुष्टि भएकाे जनाईएकाे छ।

उनिहरु सबै  सम्बन्धित जिल्लाकाे क्वारेन्टाइनमा बसेका व्यक्ति रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।