सामाजिक सन्देशमुलक लोकदोहोरी गीत ” साइँला दाइ ” सार्बजनिक

८ असार २०७७, सोमबार

पाेखरा। आफ्नो जन्म भुमी र आफु हुर्कियको गाउको माया समाबेस गरेर सिर्जना गरियको साइला दाइ बोलको गित सार्वजनिक भयको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालि सांगितिक वजारमा चर्चाको शिखरमा पुग्न सफल गायक सर्जक शिव हमालको सृर्जनामा निकै उत्कृष्ट समयसामायिक गित रिलिज भएको छ।

कोरोना महामारीका कारण देश लकडाउनमा छ । लकडाउनले जनजीवन प्रभावित बनाएको छ । सबै क्षेत्र प्राय ठप्प छन् । कामविहिन हुँदा दैनिक ज्यालामजदुरी गर्नेहरु पैदलनै आफ्नो थाकथलो पुगेको समेत देखियो । रोजगारीका क्रममा आशा बोकेर विदेश गएकाहरु समेत भटाभट गाउँ फर्किन थालेका छन् ।

कोरोनाले एकातिर प्रभाव पारेको छ भने अर्कोतर्फ केही आशा जगाएको अनुभुति गर्न सकिन्छ । गाउँ फर्किएकाहरुलाई कृषिमा लगानी गर्ने वातावरण सिर्जना गरेको खण्डमा विकासको सम्भावना देखिन्छ । अब शहर भन्दा पनि गाउँ बनाउनुपर्ने छ । हाम्रा पाखुरा दह्रो गराउने बेला यहि हो । बाँझो खेत उत्पादनमुखी बनाउन आवश्यक छ । अब कोही युवा दुईछाक खानकै लागि वा परिवारलाई सुखको आभाष दिलाउन लागि खाडि जान नपरोस् ।

आखिर दुख पर्दा सबलाई आफ्नै गाउँनै चाहिँदो रहेछ त । फेरि किन गाउँ छोडी शहर वा मुग्लान पस्ने । अब गाउँमै कुटोकोदालो गरेर मिठोमसिनो खाने बानीको विकास गर्नुपर्ने छ । कलाकार शिव हमाल पनि यसमा सहमत छन् । साइला दाईले प्रदेशबाट फर्किएर गाउँमा गरेको तरक्कीको कथा सुनाउँदै शिव भन्छन् बाँझो पनि जोत्न थाले भैँसी पाल्न लाए ।

प्रदेशीको कथामा आधारित सामाजिक सन्देशमुलक लोकदोहोरी गीत यतिबेला सार्वजनिक भएको छ । आइतबार शिव हमालको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा हमाल सहित चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, तुलसा क्षेत्री र ज्योती लोहनीको स्वर छ । गीतको शब्द लय हमालकै हो । गीतको सँगीत संयोजन तारानाथ आचार्यले गरेका हुन् ।

होम गुरुङको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा गणेश सापकोटाले छांयाकन गरेका छन् भने सुवास अम्गाईले सम्पादन गरेका छन् ।

सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा शिव हमाल सहित चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, तुलसा क्षेत्री र ज्योती लोहनीको लगायत कलाकारहरु एवम् यसै गितका गायक गायिकाहरु स्वयम आफै अभिनय गरेका छन् भने समस्तमा गित म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् :

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fyoutu.be%2FGDaW0sqVG1M%3Ffbclid%3DIwAR2AIiXWlQn_6LldlteMRdAQm6v2UyYzyHKfUaDrX03jGbm4WPTJbMHd41c&h=AT3iGBoE7x9qPfAyzscjgJz8oA74-RfZlNaquECWpz0bwxWUWXmf4kXE47hoCHkUtsF1mPGkK3PaSCK2ivzNhnv1HeOCSdWL59MNxC-Gs0saHQsQDXAE55k6TKZr3fCYbNls

Leave a Reply