गण्डकीमा काेराेना संक्रमितको संख्या ७९२ पुग्याे

0
841

पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा कोरोना  संक्रमण पुष्टि भएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरु थपिएका हुन् ।

तनहुँकाे व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाकाे कालीगण्डकीका १ पुरुष र बागलुङकाे बरेङ गाउँपालिकाका १ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

नवलपुरकाे गैंडाकाेट नगरपालिकाका ७ पुरुष, कावासाेती नगरपालिकाका १२ पुरुष र २ महिलामा काेराेना पुष्टि भएकाे  छ।

 

उनिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।

गण्डकीमा  शुक्रबार बिहान सम्म १०१ जना बिरामी निकाे भएर घर गएका छन् भने  हालसम्म  २  जना संक्रमितकाे मृत्यु भएकाे छ ।