थप ४ सय ८२ जनामा काेराेना संक्रमण,नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुग्याे

0
561

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार  ३ सय ६५ पुरुष र १ सय १७ महिलामा कोरोना पोजेटिभ देखिएको छ ।याे संगै  नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । असार १४ गते मृत्यु भएका अछामको रामरोशन ५ का एक पुरुषको पोजेटिभ रिपोर्ट आएसँगै मृत्यु हुनेको कुल संख्या ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् ।