पाेखरा। हिमालय टेलिभिजनकर्मी रामदेश ठाकुर नविनको बिहीबार निधन भएको छ । एक महिनाभन्दा लामो समयदेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत २९ वर्षका ठाकुरको बिहीबार दिउँसो निधन भएको हो ।
गत जेठ १९ गते अचानक बेहोस भएका ठाकुरको अति सघन कक्षमा उपचार भइरहेको थियो । महोत्तरीको भंगाहा गाउँपालिका वडा नम्वर ३ घर भएका ठाकुर २०७४ साल जेठ २२ गतेदेखि हिमालय टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत थिए ।