पोखरा । पोखराको मुख्य बजार महेन्द्रपुलमा सुरक्षा व्यवस्थापनका लागि साँघुमुख वातावरण मैत्री विकास उपभोक्ता समितिद्वारा नेपाल प्रहरीलाई प्रहरी बीट हस्तान्तरण गरिएको छ । स्थानीयद्वारा संकलित रकमद्वारा निर्माण गरिएको बीट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन कुमार श्रेष्ठलाई उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरले हस्तान्तरण गर्नुभयो ।
सो बीट शुभारम्भ गदै प्रहरी प्रमुख श्रेष्ठले प्रहरी समुदाय साझेदारीले समाजमा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई आवश्यक ठाउँको अभावले देखिएको समस्या समाधानमा बीटले महत्वपूर्ण भूमिका खेल्ने प्रहरी सहायक निरिक्षक मन बहादुर रोकाले बताए ।
कार्यक्रममा उपाध्यक्ष रोशन महर्जन सचिव रामहरी पौडेल, पोखरा महानगर वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइराला लगायतले बीटका कारण प्रहरीको व्यवस्थापन तथा आवश्यक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवन कुमार श्रेष्ठ, सहायक प्रहरी उपरिक्षक सुवास हमाललाई समितिको तर्फबाट स्वागत सम्मान गरिएको थियो ।