पोखरा । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि विशेषगरी खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनोट हुने पहिलो हुन् ।
संघीय मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान हो भने ।
काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाए । खेलकुद पत्रकारितामा क्रियाशील रहेर समग्र खेलकुदको विकासमा योगदान पु¥याएको कदरस्वरुप मन्त्रालयले हरेक वर्ष पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैआएको छ ।
साढे २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील उनी हाल पोखरा स्पोर्टस् डटकमका सम्पादक छन् । २०५९ सालमै पोखरामा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक सचिव उनी मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत हुन् ।
गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पोखरा भेन्यूको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । पर्वत स्थायी घर भएका पत्रकार पाठकसँग एक दर्जन बढी सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।