पूर्व सभामूख रानाभाटलाई मातृशोक

0
936

पोखरा।  पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उहाँकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको आज बिहान ८.५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको जन्म १९७७ असोज महिना बिजयादशमीका दिन भएको थियो भने मृत्यु २०७७ आषाढ २३ गते भएको हो । सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उहाँको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको छ ।

उहाँका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट हुनुहुन्छ भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट रहनुभएको छ । स्वर्गिय रानाभाटको आज दिउँसो २ . .३०बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएको छ ।