आजको राशिफल

२४ असार २०७७, बुधबार

अर्जुन कुमार लामीछाने

वि.सं. २०७७ असार २४ । बुधवार । इ.स. २०२० जुलाई ८ । ने.सं. ११४० दिल्लागा श्रावणकृष्ण तृतीया

मेष राशी (चु ,चे ,चो ,ला , लि ,लु ,ले ,लो ,अ )

मेष राशि हुनेहरुको लागि मनमा काल्पनिक विचार आउने छ र सृजनात्मक शक्ति बडेर जानेछ भने व्यवसायिक क्षेत्रमा समस्या आउने देखिन्छ । तपाईलाई माता पिताको पुरा सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी गर्नसक्नु हुनेछ ।

वृष राशी (इ ,उ ,ए ,ओ , बा ,बि ,बु ,बे , बो )

वृष राशिहुनेहरुको लागि पुरानो समस्याहरु सम्पुर्ण कुशलतापुर्वक पुर्ण हुनेछन् । पारिवारिक मेलमिलापले परिवारमा सुमधुर वातावरण रहला । टाढा रहेको इष्टमित्रको समाचारले मन रमाउला । तपाईको आर्थिक पक्षमा पहिलाको भन्दा सुधार आउने छ ।

मिथुन राशी (का ,कि ,कु ,घ ,ङ , छ ,के ,को ,ह )

मिथून राशिहुनेहरुको लागि आकस्मिक धनलाभ हुने योग रहेको छ । नयाँ जनसम्पर्कवाट नयाँ आयको स्रोत मिल्न सक्ने छ । जागिरमा प्रमोशन अथवा सरुवाको योग रहेको छ । परिवारमा तपाईको प्रभाव राम्रो रहेको छ । परिवारको सहयोगले महान कार्यहरु सम्पत्र गर्न सक्षम हुनुहुन्छ ।

कर्कट राशी ( हि ,हु ,हे ,हो ,डा डि, डु ,डे ,डो )

कर्कट राशिहुनेहरुको लागि यो दिन शुभ रहेको छ तर कुनै पनि कार्य गर्दा धेरै सोचेर मात्र निर्णय लिनुहोला । व्यवसाय राम्रो चल्ने छ तर साना साना समस्या आउन सक्छ । सरकारी कर्मचारीलाई सरकारी कार्यमा सफलता मिल्ने र धनलाभ पनि हुनसक्दछ जसले कार्य गर्न उत्साह मिल्नेछ ।

सिंह राशी ( मा, मि, मु, मे, मो,टा,टी,टू,टे)

सिंह राशिहुनेहरुको लागि नयाँ कार्य वा प्रोजेक्ट शुरु गर्दा राम्रो हुनेछ । सन्तानको स्वास्थमा ध्यान दिन जरुरी छ । भ्रमण वा यात्राको काम अन्तिम समयमा नहुन पनि सक्छ । व्यावसायिक मित्रको साथवाट अरु नयाँ मित्रसंग भेट हुनसक्ने सम्भावना छ र यो भेट फलदायी हुनेछ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशिहुनेहरुको लागि मनको दृढता र आत्मविश्वासले संपूर्ण कार्य सिद्घ हुनेछ । दापत्य जिवनमा खुसिको वातावरण हुनेछ । सामाजिक अथवा धार्मिक कार्यमा मन लाग्ने छ । पिताको सहयोगले कार्यक्षत्रमा नयाँपन आउने छ । आज गरिएको लगानीले तपाईको आर्थिक,सामाजिक व्यक्तिव बडेर जाने छ ।

तुला राशी (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तूला राशिहुनेहरुको लागि निजि समस्या हुनसक्छ तर समस्याको समाधान मिल्ने छ । क्रोध,आवेस र वाणीमा संयम हुनु जरुरी छ । पूरानो मित्रसँग भेट हुने योग छ । सवारी साधन ध्यानपूर्वक चलाउनूहोला । कसैलाई पनि रुपैया पैसा उधारो नदिनुहोला । आफनो महत्वपूर्ण कार्यहरु सुची वनाई कार्य गर्नुहोला । आफुलाई कमजोर नठानुहोला ।

वृश्चिक राशी (तो,ना,नि,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशिहुनेहरुको लागि क्रोधलाई त्यागी शान्तीको वाटोमा जानु राम्रो हुन्छ । पठनपाठनमा मन जाने छ । लगानी गर्दा सम्बन्धित वित्तिय योजनाकारको सहयोगले मात्र लगानी गर्नुहोला । तपाईले कुनै पनि कुराको चिन्ता नगरिकन सकरात्मक चिन्तन गरियो भने राम्रो हुन्छ ।

धनु राशी (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)

धनू राशिहुनेहरुको लागि धन लाभ हुने योग रहेको छ । आखाँ बन्द गरेर कसैको पनि विश्वास नगर्नुहोला नत्र समस्या हूनसक्छ । संतानवाट सुखद समाचार सुन्न पाउनूहुनेछ र समय राम्रो रह्को छ ।

मकर राशी (भो,ज,जी,खी,खू,खे,खो,गा,गि)

मकर राशिहुनेहरुको लागि आत्मविश्वासमा वृदि हुनेछ । खर्चमा नियन्त्रण राख्नु पर्नेछ । मानसिक र शारीरिक थकान हुनसक्छ । सन्तानको स्वास्थमा ध्यान दिन आवश्यक छ । कार्यक्षत्रमा तनावको वातावरण वन्ने छ । वाणीलाई संयम राख्नुपर्ने छ ।

कुम्भ राशी (गू,गे,गो,सा,सी,सू,से,सो,द)

कुम्भ राशिहुनेहरुको लागि एउटा कुरा याद गनुस्की संपुर्ण मानव जिवन प्रेम, विश्वास र भरोसामा अडेको हुन्छ र यो नै जिवन जिउने कला हो । दापत्य जिवन सुमधुर सम्बन्ध रहने छ । घरमा नयाँ पाहुना आउने योग रहेको छ । व्यापारमा अचानक फाईदा हुनसक्छ तर निर्णय लिदाँ सोच विचारको आवश्यकता छ । आफ्नो मेहनतमा भरोसा राख्नुहोला ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,चि)

मीन राशिहुनेहरुको लागि तपाईले जे सोच्नु हृन्छ त्यही पाउनुहुन्छ । इष्टमित्रको सहयोग प्राप्त हुन्छ । आमा बुवाको आर्शिवादले र सहयोगले भाग्यको उन्नति हुने देखिन्छ । कर्मचारीहरुको लागी संपुर्ण कार्यहरु कुशलता पुर्वक सम्पत्र गर्नुहुन्छ र मनमा सकरात्मक उत्साह रहने छ ।

नोट – राशिफल चन्द« राशिबाट हेरिन्छ तर मेरो विचारमा लग्नवाट हेर्दा सटिक हुन आउँछ यी राशिफल सुर्य लग्न , जन्म तिथि, र नामको राशिवाट पनि हेर्न सकिन्छ ।

लेखक
अर्जुन कुमार लामीछाने
अध्यक्ष विश्व ज्योतिष महासंध गण्डकी प्रदेश , आ. सदस्य आई .ए .एफ ,टेक्सस्, अमेरिका, डालास् ९८५६०३६७४८)

 

Leave a Reply