तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपत्ता

0
298
a]kQfsf] vf]hL ul/Fb} bdf}nL, @( c;f/ M tgx'Fsf] Clifª ufpFkflnsf–* kN6ofªdf ;f]daf/ klx/f]n] 3/ k'l/Fbf a]kQf ePsfsf] vf]hL ub}{ k|x/L / :yfgLojf;L . :yfgLo cgaxfb'/ yfkfsf] 3/ k'l/Fbf Ps} kl/jf/sf kfFr hgf a]kQf ePsf 5g . t:jL/ ;f}hGo M Clifª ufpFkflnsf÷/f;;

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर सोमबार तनहुँमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दुईजना अझै बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरोले पुरिएर ऋषिङ-८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिसरा थापा, ५ वर्कोषीया अनिषा थापाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार पहिरोले पुरिदा व्यास नगरपालिका-९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतीमाया घर्तीको पनि मृत्यु भएको छ ।

पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे गाउँपालिका-६ बेलौतीडाँडाका १७ वर्षीया लक्ष्मी विकको  पनि दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिराले पुरिएर व्यास-९ माझफाँटका २० वर्षीय राजेश थापा र  व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् ।

त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा र व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ ।