तनहुँ ऋषिङकाे पहिरामा पुरिएका ५ जनाकाे शब निकालियाे

0
677

दमौली । उद्धारमा खटिएको टोलीले ऋषिङको पहिरोमा पुरिएका ५ जनाको शव निकालेको छ ।

ऋषिङ गाउँपालिकाको भैसिकिलीमा आइतबार राती परेको अविरल बर्षाको कारण पहिरो जाँदा स्थानीय आनबहादुर थापाका साहिला छोरा बुहारी ३० बर्षिय भेषबहादुर थापा ,२७ बर्षिय नानुमाया थापा , मृतकद्धयको ६ बर्षिय छोरी अमिषा थापा तथा कान्छा छोरा बुहारी २२ बर्षिय महादेव थापा र १९ बर्षिय बुहारी मनिसरा थापा रहेका छन् ।

नेपाली सेना ,नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधी , सर्वसाधारण र रेडक्रस सहितको सयुक्त उद्धार टोलीले सोमबार अबेर ५ जनाकै शव पहिरो गएको स्थलबाट बाहिर निकालेको हो ।उद्धार टोली बिहान ५ बजे देखि खटिएको भएपनि साँझ ८ बजेको समयमा पुरिएको शव निकाल्न सफल भएको थियो ।

त्यसैगरी पहिरो परि घाइते भएकी थापाकी श्रीमतीलाई भने उपचारका लागि पोखरा लगिएको थियो ।

यसैबीच पहिरो पीडित थापा परिवारलाई नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाले १० हजार र स्थानीय सामाजिक अगुवा इन्द्र आलेले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

तस्बिर सौजन्य : इन्द्र आले