पाेखरा । पछिल्लो २४ घण्टामा थप १६७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर याे संगै संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ